११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित



सिमकोट । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताए ।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो । प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जोड दिए ।

हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन रावतले बताए । नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए ।

बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११/१२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : ४१ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा