४ पुस २०८२, शुक्रबार | December 20, 2025

भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने



काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने सेयर खरिद(बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।

यस सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक आशिष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक अन्जिब तुलाधरले हस्ताक्षर गरेका छन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको