४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रहरीका एआईजीहरुको सरुवा : उपत्यका प्रहरी प्रमुखमा थापा, ज्ञवालीलाई हेडक्वाटर पठाइयो



काठमाडौंं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा यसअघि प्रशासन विभाग प्रमुख थिए ।

त्यस्तै थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको छ ।

यस्तै प्रहरी एकेडेमीको प्रमुख रहेका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

यसैगरी काठमाडौं परिसरमा भुपेन्द्र खत्रीलाई ल्याइएको छ । यसैगरी ललितपुरमा हिमालय श्रष्ेठ र अपराध महाशाखामा ओम रानालाई ल्याइएको छ ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  १० : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको