४ पुस २०८२, शुक्रबार | December 19, 2025

चर्च जाँदै गरेका युक्रेनी माथी रुसी हमला, ७ को मृत्युका साथै १२९ जना घाइते



किभ । रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ । युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको र १२९ जना घाइते भएको जनाएको छ ।

हवाई आक्रमण हुँदा मानिसहरु धार्मिक बिदा मनाउन चर्च जाँदै गरेको मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा घाइते हुनेमा १५ बालबालिका र १५ प्रहरी अधिकारी रहेको सामाजिक सञ्जाल पोस्ट गर्दै बताएका छन् ।

स्वीडेनको आधिकारिक भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा एउटा पोस्टमा रुसले चर्च जानेहरू माथि मिसाइल आक्रमण गरेको र चेर्निहाइभको सहरको केन्द्रमा आक्रमण गरेको बताए । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । उनले भने कि, ‘यो रूसको राक्षसी प्रवृत्तिको अर्को दुखद दृश्य हो ।’

जेलेन्स्कीले पोस्टमा आक्रमणपछिको भिडियो पनि सेयर गरेका छन् । जसमा ड्रामा थिएटर अगाडिको चोकमा भग्नावशेष छरिएको देखाइएको छ । आक्रमणबाट त्यहाँ पार्किङ गरिएका गाडीमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको