२३ श्रावण २०८३, शनिबार | August 8, 2026

रूसी हमलामा परी २३ दिनकी युक्रेनी बालिकाको मृत्यु



किभ । रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । दुवैतर्फबाट तीव्र हमला भइरहेको छ । पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ । जसका कारण रुस स्तब्ध भएको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । जसमा कुल सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ दिनकी एक बालिका पनि सामेल छन् ।

रोयटर्सले युक्रेनको मन्त्रालयलाई उद्धृत गर्दै नीपर नदीको किनारमा रहेको शिरोका बाल्का गाउँमा रुसी पक्षबाट भीषण गोलीबारी हुँदा एकै परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको जनाएको छ । रिपोर्टका अनुसार मृत्यु हुनेमा श्रीमान्, श्रीमती, १२ वर्षीय बालक र २३ दिने बालिका रहेका छन् । यसबाहेक छिमेकी गाउँ स्टानिस्लाभमा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् ।

रुसी आक्रमणपछि खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले आइतवार रुसी आक्रमणमा तीन जना घाइते भएको बताएका छन् । योसँगै कुल सात जनाको मृत्यु भएको छ । २३ दिनमा बालिकाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै गभर्नरले यो हमलाले रुसको आतंकवादी मानसिकता झल्काउने बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ०३ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै