५ पुस २०८२, शनिबार | December 20, 2025

संसद्‌को अवरोध खुलाउन ‘राष्ट्रिय दल’हरुको बैठक आज पनि बस्दै



काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका नेताहरुको बैठक आज ९सोमबार० पनि बस्ने भएको छ ।

बैठकमा संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सहमतिको ‘खाका’ तयार गरिने नेताहरुले जनाएका छन् । सोमबार अपराह्न ४ बजे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको छ ।

संसद्‌मा जारी अवरोध हटाउनका लागि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुको बैठक बोलाएका थिए । आइतबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु सहभागी भएका थिए ।

आइतबारको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेताहरुले सदन सञ्चालनबारे सकारात्मक कुरा भएको प्रतिक्रिया दिएका थिए ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संघीय संसद्‌का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको छ । एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक साउन महिनाभरी नियमित कार्यसूचीमा प्रवेश गर्न पाएनन् ।

भदौ महिनाको पहिलो बैठक आइतबार बोलाइएकोमा प्रमुख दलहरुबीच सहमतिको प्रयास भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर मंगलबार, भदौ ५ गते सम्मका लागि सारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर निस्किएको सुन राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो । सुन बरामद भएपछि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद्‌ अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ८ : ५० बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले