११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची



काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

विधायन ब्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।

साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ७ : ३६ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक