१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’



मलेखु । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ ।

प्रहरी उपरीक्षक मिश्र भन्छन्, “कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।”

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ । सत्र जना घाइते भएका छन् । एक जना बेपत्ता भएको आशङ्कामा खोजीकार्य जारी छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ८ : ३४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको