६ पुस २०८२, आइतबार | December 21, 2025

बारा बस दुर्घटना अपडेट : मृतक सातैजनाको सनाखत



मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२, चुरियामाईमा आज बिहान तीर्थयात्री सवार बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, सोही ठाउँका ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

बसमा चालकसहित २६ यात्री सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनापश्चात् बसका चालक, सहचालक र अरू एकजना सम्पर्कमा नआएको एसपी रिजालले बताए । उनीहरूको खोजी भइरहेको छ ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ११ : ३९ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन