१२ पुस २०८२, शनिबार | December 27, 2025

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ ।

यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावली सहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्नेगरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  १ : ४० बजे

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको