१ पुस २०८२, मंगलबार | December 16, 2025

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन् ।

गौरा पर्व २०८० का सन्दर्भमा आज काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए । उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्रीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले महाकाली करिडोर, दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत अगाडि बढाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए ।

“ती प्रदेशका जनताको जीवनमा समृद्धि नआउँदासम्म, त्यहाँ समानता नआउँदासम्म कुनै समृद्धि आउँदैन”, उनले भने, “सुपको पहिचान, अधिकार र समृद्धिको पक्षमा आफू निरन्तर लागिरहेको छु ।” उनले गौरा पर्वको सबैलाई शुभकामना दिँदै बधाईसमेत व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन प्रधानमन्त्रीसमक्ष माग गरे । यस पर्व नेपालको सुदूरपश्चिम र कर्णालीका साथै भारतको उत्तराखण्डका केही भागमा समेत मनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले यसको महत्वलाई स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले राष्ट्रिय बिदाका सम्बन्धमा केही अप्ठ्यारा रहेको जनाउँदै तिथिका आधारमा निर्णय गर्नुपर्ने भएकाले सहमति गर्नुपर्ने बताए । सबै नेपालीले यस पर्वलाई माया गरेकामा धन्यवाद दिँदै उनले गौराको महिमालाई थप विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए । काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने र देउडा खेल्ने प्रचलन छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ८ : ४३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष