११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

उत्तर कोरियाको जासुसी भू-उपग्रह प्रक्षेपण प्रयास असफल



सियोल । उत्तर कोरियाले जासुसी भू–उपग्रहलाई बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएका छन् भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन् ।

‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही उपग्रह मालिगयोङ-१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले जनाएको छ ।

तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३:५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ । भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पु्र्‍याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोत-साधनको दुरुपयोग गरिरहेको’ बताएको छ ।

उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू-उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी-३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो ।

जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ७ : ०५ बजे

निर्वाचन १० दिन बाँकी : जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा