१२ पुस २०८२, शनिबार | December 27, 2025

इन्जिनियरिङ अध्ययन शुल्क वृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन



काठमाडौं । इन्जिनियरिङ अध्ययन शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बीई तहको शिक्षण शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले संयुक्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले पुल्चोकस्थित डिन कार्यालयदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले ३ लाख १८ हजारबाट शुल्क वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्‍याएको छ । डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्कमा वृद्धि गरेको हो । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क वृद्धि गरिएको हो ।

तर, विद्यार्थीहरुले भने एकैपटक यतिधेरै शुल्क वृद्धि गरेको भन्दै आन्दोलित छन् । आन्दोलित विद्यार्थीहरुले डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखेका छन् । शुक्रबारको आईओई स्ववियूलगायत नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी)लगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १ : ५१ बजे

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको