६ पुस २०८२, आइतबार | December 21, 2025

ललिता निवास प्रकरणका आरोपीमाथि कीर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय



काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा अनियमितमा संलग्नहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।

सरकारी वकिलको कार्यालयले उनीहरुमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले
भने अनियमिततामा संलग्नहरुमाथि कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा कीर्तेको मुद्दा दर्ता गरेको छ। संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएपछि कीर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । सरकारी वकिलले कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

संगठित अपराध निवारण ऐन, १२ चैत २०७० मा मात्रै जारी भएको थियो । कानून जारी हुनुअघिको घटनामा त्यो कानून आकर्षित नहुने सरकारी वकिल कार्यालयको जिकिर रहेको छ ।

ललिता निवासको जग्गा अनियमितता प्रकरण २०६९ सालसम्म भएको छ ।

 

 

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १२ : ०९ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक