१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएका छन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन् । उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ ।” प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे ।

आजै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र विक नेकपा (माओवादी केन्द्र)मा समाहित भएका छन् । उनलाई एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा समाहित गराएका हुन् ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा लगायतले विकलाई खादा र अबिर लगाएर स्वागत गरेका।

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए । विगतमा सँगै रहेका केही कमरेडहरु अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर अघि बढ्नुपर्ने उनले बताए ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही विसं २०६२ देखि राजनीतिमा लागेका विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहेका छन् । गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा विक नेकपा बहुमतकोतर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ३ : १७ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट