२५ मंसिर २०८०, सोमबार | December 11, 2023

मन्त्री जोशीको निर्देशनपछि चितवनका अस्पतालहरूको पार्किङ शुल्क हट्यो



चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ ।

भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ । यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही दिनअघि भरतपुर आँखा अस्पतालले सूचना जारी गरी पार्किङ निःशुल्क गरेको थियो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन् ।

मन्त्री जोशीले गत साउन २ गते मन्त्रिस्तरीय निर्णय गरी ३ गते सबै अस्पतालहरूमा पार्किङ निःशुल्क गर्न पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार तत्कालै प्रादेशिक अस्पतालहरूमा निःशुल्क गरिएको थियो ।

सङ्घीय अस्पतालमा पार्किङ निःशुल्क गर्न सङ्घीय स्वास्थ्य मन्त्रीलाई आवश्यक निर्देशनका लागि अनुरोध गरिएको मन्त्री जोशीले बताए । उनले भने, “बागमती प्रदेशभित्रका प्रायः सबै अस्पतालले पार्किङ निःशुल्क गरेका छन् ।” बाँकी रहेकाहरूलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ४७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको