६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पाको जोर्तेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एकजना घाइते



पाल्पा । पाल्पामा आइतबार मध्यराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तानसेन-तम्घास सडक अन्तर्गत अर्गली-जोर्ते खण्डमा अर्गली तर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । सो दुर्घटनामा एकजना घाइते भएका छन् ।

दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले घर्तीलाई मृत घोषणा गरेका थिए ।

घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

आइतबार राति साढे १ बजे भएके दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  १२ : ३७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज