६ पुस २०८२, आइतबार | December 22, 2025

घट्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार



बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार अघिल्लो वर्षको तुलनामा घटेको छ । नियमित उडान नहुने र विमानस्थालबाट ब्यवसायकि आवागमन भन्दा बैदेशिक रोजगारीका लागि जानेहरुको मात्र संख्या भएपछि ब्यापार घटेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन महिनामा ४ लाख ८४ हजार रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको साउनमा यो भन्सार विन्दुबाट ५ लाख ९२ हजार रुपैयाँको व्यापार भएको थियो ।

गत वर्ष अल जजिराको उडान भएको र त्यसबाट नेपाल आउने यात्रुहरुले सुनका गहना सहित अन्य सामान ल्याउने गरेकाले भन्सार बढी असुल भएको विमानस्थल भन्सार प्रमुख टिकाराम गैरेले बताए । हाल मलेसियाबाट मात्र उडान भइरहेको र क्वालामपुरबाट आउने याुत्रबाट भान्सार योग्य सामान निकै कम ल्याउने गरेकाले पनि भन्सार राजश्व घटेको उनले बताए ।

नेपालमा त्रिभुवन विमानस्थलबाट मात्र आयातको ९.४९ र निर्यातको २४.५९ प्रतिशत व्यापार हुने गरेको छ ।

 

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  २ : १४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको