१८ असार २०८३, बिहिबार | July 3, 2026

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानबारे उच्चस्तरीय छलफल



काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित छलफलमा दुबै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न कार्ययोजना तयार गर्नेबारे व्यापक विचार-विमर्श गरिएको हो । छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो भारलाई व्यवस्थित गर्दै, वैकल्पिक रुपमा गौतमबुद्ध र पोखरा विमानस्थललाई उपयोगमा ल्याउने सम्भावित उपायहरूबारे पनि ध्यान केन्द्रित गरिएको थियो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

बैठकमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार, नीतिगत व्यवस्थापन र व्यावसायिक सम्भावनाबारे विस्तृत छलफल गरिएको र यसलाई चाँडै कार्यान्वयनमा ल्याउने तयारी अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ३ : ५३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले