२० माघ २०८२, मंगलबार | February 3, 2026

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने



काठमाडौं । आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंमा हुन लागेको हो । यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ ।

विगत करिब छ वर्षदेखि र कोरोनाको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन् । तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् । हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ ।

सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो । हाल नेपालमा रहेका न्युरोसर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो ।

नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरोसर्जनको सङ्ख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरोसर्जरी सेवा अझै न्यून रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जनको आवश्यकता पर्दछ । नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ जुन त्यति नराम्रो होइन ।

दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । भारतमा करिब दश लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ भने बङ्गलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ । पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । त्यहाँ करिब ५० लाख जनसङ्ख्याका लागि एकमात्र न्युरोसर्जन रहेको छ । श्रीलङ्कामा करिब आठ लाखका लागि एक न्युरोसर्जन रहेको छ भने मल्दिभ्समा करिब एक लाखको लागि एक न्युरोसर्जन रहेको छ । भुटानमा न्युरोसर्जन र न्युरोसर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ ।

नेपाल न्युरोसर्जन समाजले नेपालमा न्युरोसर्जरी सेवा र न्युरोसर्जरी शिक्षाको विकासका लागि धेरै योगदान पु¥याउँदै आएको छ । हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालबाट करिब दश जना न्युरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्युरोसर्जन समाजअन्तर्गत न्युरोसर्जरीसम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ६ : ०९ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका