१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलमै सम्भव भयो कोराेना संक्रमितको सफल न्युरो सर्जरी



बुटवल । न्यूरो सर्जरी, त्यो पनि कोभिड पोजेटिभको । काठमाडौ बाहिर पनि जटिल प्रकृतिको न्यूरो सर्जरी हुन्छ र त्यो पनि कोरोना संक्रमितको भन्दे उदाहरण बुटवलका एकजना चिकित्सकले प्रमाणित गरेर देखाईदिएका छन् । बुटवलको चौराहा अस्पतालमा डा. के आई सिंहको टोलीले एकजना संक्रमित नाबालकको न्युरुो सर्जरी गरेर जिवन दान दिएका छन् ।

अर्घाखाँची सितगंगा गाउपालिका–१ घर भएका दिवस, बुबा दिपक सोमईसँगै खेतबाट फर्कने क्रममा मन्द्रे भन्ने स्थानमा ढुगा झरेर घाईते भएका थिए । दिवसको टाउकोमा गहिरो चोट लागेको थियो । चोट देखिएपछि आफन्तहरुले रातारात बुटवल ल्याए । अस्पतालमा टाउको दुखेर बच्चा चिच्याउने र रुने गर्न लाग्यो । अर्घाखाँचीबाट हिँडाउँदा समान्य जस्तै रहेका दिवस बिस्तारै चोटकै कारण अस्पताल आईपुग्दा असामान्य हुँदै गयो । राती अबेर अस्पताल ल्याएका परिवारका आफन्तले सिटि समेत गरिसकेका थिए । सिटिको रिपोर्टमा भित्रि नसा फुटेर रगत जमेको देखियो । टाउकोमा रगत जमेको र हड्डी फुटेको थियो । अपरेसनको विकल्प थिएन ।

बच्चाको आमा रुदै डाक्टरसंग उपचार गरिदिन आग्रह गर्दा उनि सामान्य रुघाखोकीको लक्षण देखिरहेको थियो । आफन्तहरु आस मारिसकेका थिए । बच्चा बचाउन अपरेसन छिटोभन्दा छिटो गर्नुपर्ने थियो भने अर्कोतर्फ कोभिड संक्रमणको जोखिम पनि । जतिबेला बालकको अप्रेशन गर्नु पर्ने थियो त्यतिबेला डा. सिंह कोरोना संक्रमणबाट भर्खर मुक्त भएका थिए । भर्खर कोभिड निको भएका चिकित्सक केसी आफु पनि मृत्यु मुखबाट फर्किएका थिए । सिटि भ्यालु १२ देखिएका उनको ४ हप्तामा ३ पटक टेष्टपछि कोभिड नेगेटिम आएको थियो । केही बेर गम्भिर भएर सोचे अनि अपरेसन गर्ने निर्णयमा पुगे । घरबाट निस्कदा नै एक प्रकारको तयारी गरेर बेहोस गराउने चिकित्सक (एनेस्थेसियन) संग कोअर्डिनेट गरेका थिए । परिवारसंग आवश्यक सल्लाह गरि अपरेसन गर्ने टिम तयार गरे ।
बुबा दिपक सोमई र आमा सन्जु सोमईका एकमात्र छोरा ९ वर्षिय दिवस सोमईको अवस्था नाजुक थियो । आफन्तको भिड पनि थियो । टाउको अगाडी देब्रेपट्टी घाउ लागेका दिवस सोमईलाई अस्पतालको इमेरजेन्सी कक्षबाट उनले आफै सिधै अपरेसन कक्षतिर लगे । करीब ४५ मिनेटको समयमा उनको टाउकोमा जमेको रगत र फुटेको हड्डीको टुक्रा निकाल्न चिकित्सकहरुको टिम सफल भए । समयमा उपचार पाउदा दिवसले जिवन दान पाए ।

अप्रेशन त सफल भयो तर अप्रेशन सकिएको केहिबेरमा नै अर्को आपत आईलाग्यो । अपरेसनअघि लिईएको दिवसको स्वाव परिक्षणको रिर्पाट पोजिटिभ आयो । अब उपचारमा रहेको टिमलाई समस्या देखापर्यो । बिरामीका बुबा दिपक र आमा सन्जु सोमईको कोभिड रिपोर्ट पनि पोजिटिभ आयो । अस्पतालले कोभिड पोजिटिभ र अन्य गरि दुई छुट्टाछुट्टै आईसियु अस्पतालमा आपतकालिन ब्यवस्थापन भयो । कोभिड पोजिटिभ देखिएका बच्चाको बुबाआमा दुबै जना आईसोलेसनमा बसे । आईसोलेसनमा बसेका आमा सन्जुलाई भने अस्पतालको बेडमा रहेको दिवसकै चिन्ताले अत्तालिईन । उनि निरन्तर देवर माधव सोमईमार्फत छोराको हालखवर बुझिरहिन ।

सुरुमा आफन्तहरु दिवसलाई देख्दा निक्कै निरास थिए । ‘एकमनले त हामिले आशा नै मारिसकेका थियौ ।’– बुबा दिपकले भने । मृतलाई जिउदो भनी पैसा कमाउने भाडो बनाएको भन्दै आफन्तहरुले अस्पताल ब्यवस्थापनलाई धम्की दिनेसम्मको काम भयो । स्लाईन पानी मार्फत औषधी चढाईएको दिवसलाई अपरेसनको २ दिनमा होस आयो । होस आएपनि केही दिनसम्म दिवस बोलेनन । काका माधव सोमईलाई बोली ननिस्कने हो कि भनेरे निक्कै अत्तालिएका थिए । तर दिनहरु बित्दै जाँदा बालक निको हुँदै आयो ।

ट्रमा केसमा समय र उपचारमा टिम वर्क मुख्य हुन्छ । हाम्रो टिमले समयमै र जोखिम मोलेरै सर्जरी गर्दा बच्चा बचाउन सफल भयौ । टाउकोको अपरेसन गरिएको त्यो पनि कोभिड पोजिटिभ देखिएको बच्चा भेन्टिलेटरमा राखेर उपचार गर्दा जोखिम हुन्छ । उपचारमा संलग्न चिकित्सकहरु समेत सर्तकता अप्नाऔ । पाचौ दिनमा कोरोना नेगेटिभ आएपछि अर्को सर्जरी गरेर टाउकोको सुरक्षाका लागि टाईटनियम जाली राख्न सफल भयौ । –डा केआई सिह केसी

ट्रमा केसमा समय र उपचारमा टिम वर्क मुख्य हुने डा केसी बताउछन । ‘हाम्रो टिमले समयमा सर्जरी गर्दा बच्चा बचाउन सफल भयौ ।’– उनले भने । यहा अपरेसनभन्दा पनि त्यसपछिको उपचारमा समस्या देखापर्यो । टाउकोको अपरेसन गरिएको त्यो पनि कोभिड पोजिटिभ देखिएको बच्चा भेन्टिलेटरमा राखेर उपचार गर्दा जोखिम हुन्छ । उपचारमा संलग्न चिकित्सकहरु समेत सर्तकता अप्नाउनुपर्ने देखियो । ‘हामीले जोखिम लिएर बच्चा बचाएका छौ ।’– उनले भने । पाँचौ दिनमा कोरोना नेगेटिभ आएपछि अर्को सर्जरी गरेर टाउकोको सुरक्षाका लागि टाईटनियम जाली राखिएको उनले बताए । अहिलेको जटिल अवस्थामा पनि न्युनतम शुल्कमा उपचार गरेको अस्पताल ब्यवस्थापनको दाबी छ । उपचारमा संलग्न चिकित्सकहरुको सबैको रिपोर्ट नेगेटिभ आयो ।

श्री महारुद्र आधारभुत विद्यालयमा कक्षा ३ मा अध्यनरत दिवस कक्षामा नै प्रथम विद्यार्थी थिए । बिस्तारै उपचारकै क्रममा दिवसको बोलि फुट्यो । १४ दिनसम्म अस्पतालको बसाईकै क्रममा उनको कोभिड नेगेटिभ आयो । स्वस्थ्यमा समेत सकारात्मक परिवर्तन देखियो । कोभिड संक्रमण देखिएका बुबाआमा पनि एकान्तबास सकेका छन । अस्पतालमा उपचारको क्रममा करीब ३ लाख ७५ हजार खर्च भएको काका माधवले बताए । पैसाभन्दा पनि बच्चाले पुर्नजन्म पाउनु ठुलो कुरा भएको उनि बताउछन । दिवसको अहिले फिजियोथेरापी गराईरहेका छन । स्वस्थ्य अवस्था सामान्य र पहिलेकै अवस्थामा फर्किएको उनि बताउछन । अब ३ महिनापछि फलोअपमा आउन चिकित्सकबाट सुझाव आएको उनले बताए । जेठ २५ गतेबाट शुरु भएको उनको उपचार असार २२ गते अन्तिम फिजियोथेरापी गरिएसंगै सकिएको छ । परिवारमा खुशियाली छाएको छ । लामो बसाईपछि परिवारसंगै दिवस घर फर्किदैछन ।

न्युरोसर्जरीमा यस क्षेत्रमा अनुभवी डा केआई सिह केसी एक दशकदेखि निरन्तर सेवामा छन । उनले धेरैको ज्यान बचाउन सफल भएका छन । विशेष गरि गुल्मि, अर्घाखाची, स्याङ्जा, दाङ, रुकुम, नवलपरासी, कपिलबस्तुबाट गम्भीर प्रकृतिका बिरामीहरु उपचारमा आउने गरेका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : २४ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न