२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बस बर्दघाटमा दुर्घटना



बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाण्डौबाट नेपालगंज जाँदै गरेको बस पल्टदा ७ जना घाइते भएका छन । बिहान अन्दाजी ५ बजेको समयमा बर्दघाट बजार क्षेत्रमा बस पल्टदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भे १ ख ९०११ नम्बरको रात्रीबस बर्दघाट नगरपालिका वडा नम्बर ४ को मुख्य बजार क्षेत्रमा एक्कासी पल्टीएको हो ।

स्तरोन्नतीको क्रममा रहेको सडकमा अत्याधिक खाल्डाखुल्टीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसमा सवार ४० जना यात्रुमध्ये ७ जना घाइतेहरुको स्थानीय चिसापानी अस्पतालमा उपचार गराईएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बसका चालक भने बस पल्टे लगत्तै फरार भएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ८ : २१ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात