१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बस बर्दघाटमा दुर्घटना



बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाण्डौबाट नेपालगंज जाँदै गरेको बस पल्टदा ७ जना घाइते भएका छन । बिहान अन्दाजी ५ बजेको समयमा बर्दघाट बजार क्षेत्रमा बस पल्टदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भे १ ख ९०११ नम्बरको रात्रीबस बर्दघाट नगरपालिका वडा नम्बर ४ को मुख्य बजार क्षेत्रमा एक्कासी पल्टीएको हो ।

स्तरोन्नतीको क्रममा रहेको सडकमा अत्याधिक खाल्डाखुल्टीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसमा सवार ४० जना यात्रुमध्ये ७ जना घाइतेहरुको स्थानीय चिसापानी अस्पतालमा उपचार गराईएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बसका चालक भने बस पल्टे लगत्तै फरार भएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ८ : २१ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर