२३ माघ २०८२, शुक्रबार | February 6, 2026

१२ बुँदे ब्याख्यात्मक घोषणालाई एमसीसीले मान्दैन : अध्यक्ष ओली



विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीले नमान्ने ठोकुवा गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानी गर्दै ओलीले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमसीसीलाई नेपालको संसदले अनुमोदन गरिसकेकाले जस्ताको तस्तै कार्यान्वयनमा जाने बताए । उनले १२ बुँदे ब्याख्यात्मक घोषणालाई झठको खेस्राको पनि संज्ञा दिए । ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’ उनले भने ।

‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो। प्रभाव पारेर पास गराउने गलत बाटोमा जानुभयो,’ ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छ की हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर त्यसो भएन।’

अमेरिकाले पहिले नै १२ बुँदेबारे आफूहरुलाई सरोकार नभएको जवाफ दिइसकेको पनि ओलीले दाबी गरे।

मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको बुछवलको सन्देश सभामा १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाउने(नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी मागिने उल्लेख गरेका थिए।

बुधबारदेखि नै एमसीसी कार्यान्वयनमा जाँदैछ। त्यसकै लागि एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आएका छन्।

सिराहाको विष्णुपुरमा बुधबार राखिएको सचिवालय बैठकमा जाने क्रममा अध्यक्ष ओलीले ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्न कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  २ : ०३ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा