३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित



काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ (Tux Asia 2023) मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका Sergey Putenikhin, Vice President, Eastern Joint Regional Directorate Managing Director ले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।

नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू (NFC Dual Interface Contactless cards), contact less enabled POS terminals, , देशमा ई–कमर्स कारोबार सहज बनाउन पहिलो घम्क् ब्ऋक् द्द।ह कम्प्लायन्ट पेमेन्ट गेटवे लागू गर्ने, र पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याएको थियो । साथै, नबिल बैंकले ग्रीन पिन र 3DS ACS 2.x , मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड) थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवा जस्ता नवीनतम प्रविधि ल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ९ : १३ बजे

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०