४ पुस २०८२, शुक्रबार | December 20, 2025

बिहान ८ बजे देखि ओपीडी संचालन गर्न भेरी अस्पताललाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बीर अस्पतालमा जस्तै बिहान ८ बजेबाट ओपीडी सेवा संचालन गर्न भेरी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मनत्री बस्नेतले सरकारी अस्पतालमा गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताए । उनले भेरी अस्पतालमा गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने बताउँदै यसबाट प्रदान गरिने सेवामा अझै सुधार ल्याउनुपर्ने बताए ।

भेरी अस्पतालसिङ्गो पश्चिम नेपालका गरिबहरुको छायाँ भएको उल्लेख गर्दै मन्त्री बस्नेतले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो क्षेत्रबाट सबै खाले प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले छिट्टै अस्पताल निरिक्षणमा पुनः भेरी अस्पताल आउने जनाउँदै भने, फेरी चाँडै आउँछु, तीन/चार घण्टा समय दिएर कोठा–कोठामा गएर हेर्छु ।’ ‘जनरल बेडमा गरिव र असहायलाई निशुल्क गर्न निर्देशन दिँदै अस्पतालले बेहोर्न नसक्ने आर्थिक दायित्व मन्त्रालयबाट ब्यवस्था हुने उनले बताए ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको