१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सिटिजन लाइफ इन्स्योरेनसको आईपीओ आजबाट बिक्री खुला



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमाा मध्यम रूपमा सुरक्षित रहेको जनाउँछ ।

आर्थिक वर्ष २०७८/७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । उक्त अवधिसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसा पाउने देखिन्छ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुँणासम्म पहिलो मूल्यरेन्ज दिने गर्छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ६ : ५० बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।