४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिया कप क्रिकेट : पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ । पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज (सोमबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ । प्रतियोगिताको अर्को चरण (सुपर-फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १-१ अंक बाँडेको थियो । भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

नेपालले भारतको यु-१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ । करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो ।

उमेर समूहमा भने नेपालले १ पटक भारतीय टिमलाई हराएको छ । २०७४ कात्तिकमा भएको एसिसी यु-१९ एसीया कप क्रिकेटमा नेपालले भारतीय टोलीलाई १९ रनले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना पनि उच्च छ । एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ । वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ । सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ ।

वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ । अंक बाँड्नु परेको अवस्थामा भारत स्वतस् सुपर-फोरमा पुग्नेछ ।

यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ । पाकिस्तान ३ अंकसहित सुपर-फोरमा पुगिसकेको छ । भारत एक अंकसहित दोस्रो नम्बरमा छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको