२० बैशाख २०८३, आइतबार | May 3, 2026

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित



काठमाडौं । भारतले आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाउँदै एसिया कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्पिनरहरूको प्रभावकारी प्रदर्शनपछि भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।

गत मे महिनामा भएको सैनिक द्वन्द्वपछि पहिलो पटक आमनेसामने भएका यी दुई टोलीबीचको खेल निकै चर्चित बनेको थियो । तर खेलपछि दुवै टोलीका खेलाडीले हात मिलाएका छैनन् ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले कमजोर प्रदर्शन गर्‍यो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन मात्र बनाउन सक्यो । कप्तान सलमान अघाको निर्णय पाकिस्तानका लागि महँगो साबित भयो ।

भारतका बलरले उत्कृष्ट सुरुवात दिलाए । हार्दिक पाण्ड्याले पहिलो बलमै सइम अयुबलाई आउट गरे भने मोहम्मद हरिस पनि ३ रनमै समेटिए । पाकिस्तानका ओपनर साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

लक्ष्य सजिलो रहेकाले भारतले आक्रामक ब्याटिङ गर्‍यो । ओपनर शुभमन गिल १० रनमा आउट भए पनि अर्का ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । तिलक वर्माले पनि ३१ रन जोड्दै जितको आधार बनाएका थिए ।

पाकिस्तानका लागि अयुबले मात्र विकेट लिन सके । उनले ४ ओभरमा ३५ रन खर्चिँदै सबै ३ विकेट हात पारे ।

यसअघि भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । अब दोस्रो चरणमा प्रवेश गर्न पाकिस्तानले यूएईलाई हराउनैपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ८ : १८ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज