५ माघ २०८२, सोमबार | January 19, 2026

अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारु


१८ भदौ २०८०, सोमबार  

169
Shares

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ ।

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ११ : २० बजे

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट