२७ पुस २०८२, आइतबार | January 11, 2026

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने



काठमाडौं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजो समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिएपछि मङ्गलबारबाट सुनुवाइ हुने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।

गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पुर्ण इजालसमा सुनवाइ हुने भनिए पनि सोमबार हुन नसकेपछि मंगलबारबाट हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै आइतबारका लागि सुनवाइ तोकिएको थियो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ७ : १५ बजे

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि