३ श्रावण २०८३, आइतबार | July 20, 2026

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन



काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा उनको आज भारतको राजधानी दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् ।

घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो । उनको निधनको खबरले नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको छ ।

प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो संस्करणका विजेता हुन् । उक्त प्रतियोगितामा विजयी भएपछि उनी दक्षिण एशियाली संगीत क्षेत्रमा निकै लोकप्रिय बनेका थिए । संगीतसँगै उनले केही नेपाली चलचित्रहरूमा समेत अभिनय गर्दै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।

व्यक्तिगत जीवनमा तामाङकी श्रीमती र एक छोरी छन् । हालै मात्र उनी बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा खलनायक (भिलेन)को भूमिकामा अभिनय गरिरहेका थिए । प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन् ।

‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’, प्रशान्तका हिट नेपाली फिल्महरु हुन् ।

उनको अकस्मात् निधनले कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको भन्दै विभिन्न कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : २७ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग