२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एसिया कप : बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित



काठमाडौं । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको​ खेलमा​ घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।​

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो भने । बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए ।

सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ६ : ५९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर