६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

नेकपा एमाले बागमती प्रदेश अधिबेशनको लोगो सार्वजनिक



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशनको लोगो सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सन्जालबाट प्रदेश प्रथम अधिबेशनको लोगो सार्वजनिक गरेका हुन् ।

हिमालदेखी भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिबेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौं र काठमाडौंको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।

एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनि र अनिश्मा बस्नेत सदस्यहरु रहेका छन् । प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।

भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ । यस्तै काठमाडौको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टिको लाल झण्डा पनि फहराइएको छ ।

लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशनहरु तयारीमा जुटेको हो ।

लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ  ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ९ : ५२ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र