१२ पुस २०८२, शनिबार | December 28, 2025

जसपा प्रशिक्षणको तयारीमा



काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका पहिचानमा आधारित राष्ट्रिय समितिले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो ।

राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेका छन् । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकास्थित एलके खोज रिसोर्टमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायतका नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १० : ०४ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका