१८ पुस २०८२, शुक्रबार | January 3, 2026

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु



काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।

हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए ।

रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ ।

उनले भने, “माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।”

सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए ।

सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गरे ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ५ : ३४ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी