१८ पुस २०८२, शुक्रबार | January 3, 2026

आजको मौसम : चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा वर्षा हुने



काठमाडौं । देशका केही भू-भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेश प्रदेश तथा कोसी, बाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : ३८ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी