२६ असार २०८३, शुक्रबार | July 10, 2026

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीको अबसरमा बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक बिदा



हेटौँडा । बागमती प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशका ३ जिल्लामा बिदा दिएको छ । चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा ३ जिल्लामा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ-आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : ४३ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा