१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अनुगमनका लागि पुगेको अख्तियारको टोलीमाथि जाजरकोटमा आक्रमण, एकजना घाइते



जाजरकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा आक्रमण भएको छ । भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट सवारी चालक एक जना घाइते भएको प्रहरीले जनाएको छ । निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले भने, आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’

वीरेन्द्रनगर नगरपालिका–११ का अख्तियारको गाडी चालक मानबहादुरलाई मुक्काले हानेर घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको डीएसपी रोक्काले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । टोलीले आवश्यक कागजातहरूको अध्ययन गरिरहेका बेला आक्रमण भएको डीएसपी रोक्काले बताए ।

हातपात भएको खवर आएको र सो आक्रमणकारी समेत पक्राउ परेको जानकारी आएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख (सहसचिब) शिवनाथ पौडेलले बताए । उनका अनुसार जाजरकोटका धेरै योजनाहरुको एकसाथ अनुगमनमा गएको टोलिमाथी आक्रमण भएको उनले बताए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ९ : २६ बजे

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली