१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

अनुगमनका लागि पुगेको अख्तियारको टोलीमाथि जाजरकोटमा आक्रमण, एकजना घाइते



जाजरकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा आक्रमण भएको छ । भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट सवारी चालक एक जना घाइते भएको प्रहरीले जनाएको छ । निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले भने, आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’

वीरेन्द्रनगर नगरपालिका–११ का अख्तियारको गाडी चालक मानबहादुरलाई मुक्काले हानेर घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको डीएसपी रोक्काले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । टोलीले आवश्यक कागजातहरूको अध्ययन गरिरहेका बेला आक्रमण भएको डीएसपी रोक्काले बताए ।

हातपात भएको खवर आएको र सो आक्रमणकारी समेत पक्राउ परेको जानकारी आएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख (सहसचिब) शिवनाथ पौडेलले बताए । उनका अनुसार जाजरकोटका धेरै योजनाहरुको एकसाथ अनुगमनमा गएको टोलिमाथी आक्रमण भएको उनले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : २६ बजे

नीति तथा कार्यक्रम : बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल

सामान्य सवारीका बीच राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र