१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवलमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजद्वारा लाखे नाचसहित तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पेसा व्यवसाय गरि रुपन्देहीमा अस्थायी तथा स्थायी बसोबास गर्नेहरु दौघाका व्यक्तिहरु बीच एकता र भाइचारा स्थापित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष भिमलाल ज्ञवालीले बताए ।

कार्यक्रममा परम्परागत रुपमा रहेको लाखे नाच, घोडे जात्रा, नाग-नागेनी नाच लगायतका प्रस्तुतीहरु रहेको थियो । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामाा आदानप्रदानसहित दरखाने कार्यक्रम सम्पन्न गरिएको समाजका उपाध्यक्ष लक्ष्मी घिमिरे पाण्डेले जानकारी दिइन । कार्यक्रममा तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, सुद्धोधन लगायत रुपन्देहीका विभिन्न ठाउँमा छरिएर रहेका दौघामा करिब ५ सय जनाको उपस्थिती रहेको सचिव कमल ज्ञवालीले जानकारी दिए । कार्यक्रमको संयोजन सदस्य गोविन्द ज्ञवालीले गरेका थिए ।

स्थापनाको १ वर्षमै १२० आजीवन तथा ९० जना साधारणलाई जोड्न सफल भएको सदस्य राजु घिमिरेले जानकारी दिए ।  संस्थामा अन्य सदस्यहरुलाई समेत थप गर्नेगरी समाजलाई अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ३७ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो