५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजद्वारा लाखे नाचसहित तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पेसा व्यवसाय गरि रुपन्देहीमा अस्थायी तथा स्थायी बसोबास गर्नेहरु दौघाका व्यक्तिहरु बीच एकता र भाइचारा स्थापित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष भिमलाल ज्ञवालीले बताए ।

कार्यक्रममा परम्परागत रुपमा रहेको लाखे नाच, घोडे जात्रा, नाग-नागेनी नाच लगायतका प्रस्तुतीहरु रहेको थियो । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामाा आदानप्रदानसहित दरखाने कार्यक्रम सम्पन्न गरिएको समाजका उपाध्यक्ष लक्ष्मी घिमिरे पाण्डेले जानकारी दिइन । कार्यक्रममा तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, सुद्धोधन लगायत रुपन्देहीका विभिन्न ठाउँमा छरिएर रहेका दौघामा करिब ५ सय जनाको उपस्थिती रहेको सचिव कमल ज्ञवालीले जानकारी दिए । कार्यक्रमको संयोजन सदस्य गोविन्द ज्ञवालीले गरेका थिए ।

स्थापनाको १ वर्षमै १२० आजीवन तथा ९० जना साधारणलाई जोड्न सफल भएको सदस्य राजु घिमिरेले जानकारी दिए ।  संस्थामा अन्य सदस्यहरुलाई समेत थप गर्नेगरी समाजलाई अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ३७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा