५ पुस २०८२, शनिबार | December 20, 2025

स्वागतम सहकारीको अधिवेशनबाट अध्यक्षमा पुनः कपिलदेव गौतम



बुटवल । बुटवल-११ कालिकानगरमा रहेको स्वागतम बउचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कपिलदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विभिषण कुमार कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि कुँवरले बोल्दै स्वागतम सहकारीमा आवद्ध सेयर सदस्यहरुलाई ढुक्क भएर बचत संकलन गर्न आव्हान् गरें । उनले पछिल्लो समय कतिपय सहकारीले बचतकर्ताको रकम लिएर भाग्ने गरेको पाइएकोले धेरै सहकारीमा आवद्ध बचतकर्ताहरु हतोत्साहित भएकोले सबै सहकारी त्यही अवस्थामा नरहेकोले सहकारीमा आवद्ध शेयर सदस्यलाई ढुक्क हुन आग्रह गरे ।

सहकारीले बचतसंगै सदस्यको हितका लागि विभिन्न कार्यहरु गर्दै आएको समेत बताए । कार्यक्रममा सहकारीका अध्यक्ष कपिलदेव गौतमले वार्षिक प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष सुभाष रिजालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दयाराम खनालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा सहकारीका सल्लाहकार कलाधर पाण्डे, शुभागमन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल, शेयर सदस्य गीता शर्मा, कमल पन्थीलगायतले बोलेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरु, संस्थाका पूर्व पदाधिकारी तथा कार्यसमितिहरुलाई सम्मान गरिएको छ भने शेयर सदस्यका छोरीहरु अर्पिता केसी र दीक्षा ढकालले सहकारी र तीजगीत सम्बन्धि नृत्य प्रस्तुत गरेका थिए ।

२०६५ साल भदौ २० गते २५ जना शेयर सदस्यहरुबाट स्थापना भएको सहकारी १६ औं वर्षमा आईपुग्दा ४ सय ३४ जना महिला सदस्य र ३ सय ६५ जना पुरुष सदस्य गरी जम्मा ७ सय ९९ जना शेयर सदस्य सहकारीमा आवद्ध रहेका छन् ।

सहकारीमा शेयर पुजी रु १ करोड ६५ लाख ८० हजार रहेको छ भने बचत निक्षेप रु ७ करोड ३७ लाख २५ हजार ७ सय १ रहेको सहकारीका व्यवस्थापक ज्योति कुमारी क्षेत्री गौतमले बताईन् ।

१६ औं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः कपिलदेव गौतम निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा टीका बहादुर गोदार, सचिवमा उज्ज्वल के.सी., कोषाध्यक्षमा छबिलाल खत्री, कार्यसमिति सदस्यहरुमा शोभा न्यौपाने, केशव बहादुर कुँवर, शकुन्तला भट्टराई, कमल प्रसाद अधिकारी र गीता पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरी सहकारीको लेखा समिति संयोजकमा गोविन्द बहादुर कार्की, लेखा समिति सदस्यहरुमा दीपा चन्द ठकुरी र कृष्ण बहादुर नेपाली रहेको निर्वाचन समिति संयोजक कुल बहादुर कार्कीले बताए । सहकारीका उपाध्यक्ष तिलक रावलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव धु्रव प्रसाद पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ६ : ५६ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा