१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुस्- प्रधानसेनापति शर्मा



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिएका छन ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

.प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”

उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे । उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गरे ।

प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको पुस्तक पनि विमोचन गरे ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  २ : ५४ बजे

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको