२२ भदौ २०८३, सोमबार | September 7, 2026

सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान



काठमाडौं । सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री वर्षमान पुनका बिश्वास पात्र मानिन्छन् ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पुर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएको छ । उनको सम्पति रोक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजो बोलाएर सोधपुछ गरेको हो । बयान नसकिए पछि सोमवार पनि थप बयान हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ९ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा