५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान



काठमाडौं । सुन तस्करी प्रकरणमा बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री वर्षमान पुनका बिश्वास पात्र मानिन्छन् ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पुर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएको छ । उनको सम्पति रोक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजो बोलाएर सोधपुछ गरेको हो । बयान नसकिए पछि सोमवार पनि थप बयान हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : ३२ बजे

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने