२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२६ लाख नगद सहित नेपालगन्ज विमानस्थलबाट आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पक्राउ



नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगद सहित आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।

श्री एयरको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचकाक्रममा पक्राउ परेका हुन् । उनको लगेज चेकजाँच गर्ने क्रममा २६ लाख नगद फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

उनीसँगै काठमाडौं उड्ने तयारी रहेका अर्का अधिकृत दीपक पौडेल भने फरार भएको डीएसपी डाँगीले बताए । सापकोटाको लगेजमा नगद भेटिएसँगै पौडेल विमानस्थलबाट फरार भएको उनले जानकारी दिए ।

घुस रकम लिएर काठमाडौं तर्फ हिँडेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँचमा कडाई गरेको स्रोतले दाबी गरेको छ । कडा सुरक्षा रहेको विमानस्थलबाट अर्का अधिकृत फरार भएको विषय भने रहश्यमय रहेको देखिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १० : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले