२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृत पौडेल प्रहरीको टेलिफोन सम्पर्कमा



नेपालगन्ज । नेपालगन्ज एअरपोर्टबाट आज बिहान श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेसँगै फरार भएका अर्का कर अधिकृत दीपक पौडेलले प्रहरीलाई फोन गरेर सम्पर्कमा आउने जानकारी दिएका छन् ।

विमानस्थलमा श्रोत नखुलेको रकम फेला परे लगत्तै फरार भएका पौडेलले आज साँझ प्रहरीमा फोन गरेर आफु सम्पर्कमा आउन चाहेको बताएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

बिहान पक्राउ परेका कर अधिकृत सापकोटालाई भने प्रहरीले आवश्यक कारबाही र अनुसन्धानका लागि सोमवारनै नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसकेको छ ।

श्रोत नखुलेको ठुलो रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात् आवश्यक अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए । प्रहरीका अनुसार दुबैजना कर अधिकृतहरु रुकुम पश्चिम् बाट अनुगमन गरि सिधै काठमाण्डौ जान लागेका थिए ।

आज बिहान पौने ९ बजे नेपालगन्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका कर अधिकृत सापकोटाको ब्यागमा विमानस्थल सुरक्षा गार्डले एक्सरे जाँच गर्दा ठुलो रकम देखेपछि सोधपुछ गर्दा अर्का अधिकृत फरार भएका थिए भने सापकोटा पक्राउ परेका थिए। एयरपोर्ट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमले श्रोत नखुलेको २६ लाख रुपैयाँ फेला पारेपछि सापकोटालाई पक्राउ गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १० : ३३ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी