२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एसिया कप सुपर फोर : पाकिस्तानको भारतसँग लज्जास्पद हार, २२८ रनले पराजित



काठमाडाैं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे ।

कोहलीको यो ४७ औं एकदिवसीय शतक हो । कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाए । अरु ब्याट्सम्यान सस्तैमा आउट भए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ७ : ४६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले