१ पुस २०८२, मंगलबार | December 16, 2025

सातौं जिल्लास्तरीय स्नुकरमा ८ खेलाडी क्वाटरफाइनलमा



बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न तेस्रो चरणका खेलबाट ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा जारी प्रतियोगिताबाट विजय थापा,सागर गाहामगर, शिशिर गुरुङ, सम्बन्ध विक,डेविड गौचन,सुरज मकाजु,शंकर खड्का र कुमार थापा क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

मंगलबार बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रि क्वाटरफाइनल चरणको पहिलो खेलमा विजय थापाले रुकु मोहम्मदलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै सागर गाहामगरले कुणाल श्रेष्ठलाई ३-२ ले र शिशिर गुरुङले प्रिन्स गुरुङलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै सम्बन्ध विकले बसन्त रेश्मीमगरलाई ३-२ ले तथा डेविड गौचनले बासु प्रधानलाई ३-० को सोझो सेटमा पराजित गरेका छन् ।

यस्तै सुरज मकाजुले प्रकाश क्षेत्रीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै शंकर खड्काले सारन रानालाई ३-० को सोझो सेटमा पराजित गरेका छन् भने अन्तिम खेलमा कुमार थापाले सकिल अन्सारीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल, भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह, विराज भट्टचन, सुदिप घिमिरे, याङसिंह रेश्मी, सजमिर मिया, लाइफलाइन मेनपावर, करिश्मा क्लिनिक, जमिल खान, सबर मिया, सोभित दर्लामी, चुन्नु पौडेल, ग्राण्ड क्याफे, राजेश कार्की, प्रकाश परियार, सन्दिपकुमार श्रेष्ठ, डिजि लयाब प्रालि, पश्चिमाञ्चल ट्रक समिति, नरिश्वर पौडेल, बुटवल वडा नं १ कार्यालय, बुटवल ५ वडा कार्यालय, बुटवल ६ वडा कार्यालय, पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : ३७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा