२१ भदौ २०८३, आइतबार | September 6, 2026

एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन



लण्डन । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद को अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्रिय आयोजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर, नीति, योजना विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत सदस्य रहेका छन् ।

गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १६ देखि २० तारिख सम्म काठमाण्डौं हुदैछ । सो सम्मेलनमा करिब ६० देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरुको भाग लिने गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले जनाकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : १९ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७