१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अनलाईन ब्यापारीले जनप्रतिनिधिको कपडा खोलाएर नाङ्गो बनाई यसरी गरे ‘बार्गेनिङ’



गुल्मी। अर्ग्यानिक तरकारी खेती गरेर ख्याती कमाएका गुल्मीका एकजना जनप्रतिनिधिलाई अनलाईन ब्यापारीले नाङ्गो बनाईदिएका छन् । सुरुमा अर्ग्यानिक तरकारी उत्पादनमा ख्याती कमाएर पछिल्लो स्थानीयतह निर्वाचनमा गुल्मी सत्यवती १ का वडा अध्यक्षमा निर्वाचित भएका एमालेका युवा नेता अर्जुन कनौजेलाई अनलाईन ब्यापार गर्ने एउटा समुहले नाङ्गो बनाएर फोटो भाइरल बनाईदिएको छ ।

यौनशक्ति बढाउने औषधी भन्दै अनलाईनबाट प्रचार गर्ने एक ब्यापारिक समुहले वडा अध्यक्ष कनौजेलाई भर्चुअल चेकजाँचका क्रममा कपडा खोल्न लगाई नाङ्गो फोटो खिचेर सामाजिक सञ्जाल मार्फत भाइरल बनाइदिएको हो ।

आफुले तरकारी खेती गर्दा विषादी छर्ने क्रममा आफ्नो यौन शक्ति ह्रास भएकोले अनलाईन प्रचारकै आधारमा आफु उपचार गर्न सुनौली गएको कनौजेले बताएका छन् । डाक्टर बनेका एक जना भारतीय नागरिकले २० हजार बराबरको यौनशत्ति बढाउने यार्सागुम्बा भनिएको औषधी खरिद गर्न लगाएको र त्यसपछि भिडियोकल मार्फत उक्त औषधीको प्रभावकारीता भए र नभएको परीक्षण गर्छु भन्दै गोप्य अंग देखाउन लगाएको कनौजेले बताए । उनले विश्वासमा परी अङ्ग देखाएको पनि बताए ।

त्यही नाङ्गो भिडियो पछि निज भारतीय नागरिकले सोही वडाको वडा सदस्यको म्यासेन्जरमा पठाई ब्ल्याकमेल गर्दै थप पैसा ठग्न खोजेपछि आफु कानुनी उपचारमा गएको उनले बताए । स्वास्थ्य जाँच प्रयोजनमा कपडा खोलेको भिडियो स्थानीयले पनि सामाजिक सञ्जालमा भाइरल बनाएपछि आफु तनावग्रस्त बनेको र साइबर क्राइम विरुद्धको कारवाहीका लागि प्रहरीमा निवेदन दर्ता गराएको कनौजेले बताए ।

‘भारतीयले त आफुलाई झुक्याए झुक्याए, यतैका साथीहरुले पनि शेयर गरेर मेरा बदनाम गर्न खोजे ।’ कनौजेले भने । आफु हतोत्साहित नभएको र अपराधीसम्म पुगेर कारवाही गराएरै छाड्ने उनले बताए ।

गुल्मी प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले ठगी विरुद्ध उजुरी परेको जनाउँदै अनुसन्धान भइरहेको बताए ।

भाइरल भएको भिडियोमा वडा अध्यक्ष कनौजे सर्बत्र नाङ्गै छ्न् । कपडाको नाममा उनको शरिरमा जनै मात्र देखिन्छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ९ : ५३ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको