१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अनलाईन ब्यापारीले जनप्रतिनिधिको कपडा खोलाएर नाङ्गो बनाई यसरी गरे ‘बार्गेनिङ’



गुल्मी। अर्ग्यानिक तरकारी खेती गरेर ख्याती कमाएका गुल्मीका एकजना जनप्रतिनिधिलाई अनलाईन ब्यापारीले नाङ्गो बनाईदिएका छन् । सुरुमा अर्ग्यानिक तरकारी उत्पादनमा ख्याती कमाएर पछिल्लो स्थानीयतह निर्वाचनमा गुल्मी सत्यवती १ का वडा अध्यक्षमा निर्वाचित भएका एमालेका युवा नेता अर्जुन कनौजेलाई अनलाईन ब्यापार गर्ने एउटा समुहले नाङ्गो बनाएर फोटो भाइरल बनाईदिएको छ ।

यौनशक्ति बढाउने औषधी भन्दै अनलाईनबाट प्रचार गर्ने एक ब्यापारिक समुहले वडा अध्यक्ष कनौजेलाई भर्चुअल चेकजाँचका क्रममा कपडा खोल्न लगाई नाङ्गो फोटो खिचेर सामाजिक सञ्जाल मार्फत भाइरल बनाइदिएको हो ।

आफुले तरकारी खेती गर्दा विषादी छर्ने क्रममा आफ्नो यौन शक्ति ह्रास भएकोले अनलाईन प्रचारकै आधारमा आफु उपचार गर्न सुनौली गएको कनौजेले बताएका छन् । डाक्टर बनेका एक जना भारतीय नागरिकले २० हजार बराबरको यौनशत्ति बढाउने यार्सागुम्बा भनिएको औषधी खरिद गर्न लगाएको र त्यसपछि भिडियोकल मार्फत उक्त औषधीको प्रभावकारीता भए र नभएको परीक्षण गर्छु भन्दै गोप्य अंग देखाउन लगाएको कनौजेले बताए । उनले विश्वासमा परी अङ्ग देखाएको पनि बताए ।

त्यही नाङ्गो भिडियो पछि निज भारतीय नागरिकले सोही वडाको वडा सदस्यको म्यासेन्जरमा पठाई ब्ल्याकमेल गर्दै थप पैसा ठग्न खोजेपछि आफु कानुनी उपचारमा गएको उनले बताए । स्वास्थ्य जाँच प्रयोजनमा कपडा खोलेको भिडियो स्थानीयले पनि सामाजिक सञ्जालमा भाइरल बनाएपछि आफु तनावग्रस्त बनेको र साइबर क्राइम विरुद्धको कारवाहीका लागि प्रहरीमा निवेदन दर्ता गराएको कनौजेले बताए ।

‘भारतीयले त आफुलाई झुक्याए झुक्याए, यतैका साथीहरुले पनि शेयर गरेर मेरा बदनाम गर्न खोजे ।’ कनौजेले भने । आफु हतोत्साहित नभएको र अपराधीसम्म पुगेर कारवाही गराएरै छाड्ने उनले बताए ।

गुल्मी प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले ठगी विरुद्ध उजुरी परेको जनाउँदै अनुसन्धान भइरहेको बताए ।

भाइरल भएको भिडियोमा वडा अध्यक्ष कनौजे सर्बत्र नाङ्गै छ्न् । कपडाको नाममा उनको शरिरमा जनै मात्र देखिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ९ : ५३ बजे

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न