२४ माघ २०८२, शनिबार | February 7, 2026

चिनियाँँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा



भक्तपुर । चिनियाँ निजी क्षेत्रको उच्चस्तरिय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ ।

उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरवार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकिय क्षेत्रहरुको अवलोकन गराइएको थियो ।

पर्यटकीय क्षेत्रहरुको अवलोकन पश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनिया जनताहरुमाझ भक्तपुरको प्रचारप्रसार गर्ने, चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्नेलगायत चिनिया कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दिपककुमार मल्होत्रालगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । चिनिया व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ४ : २९ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार