८ पुस २०८२, मंगलबार | December 23, 2025

चिनियाँँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा



भक्तपुर । चिनियाँ निजी क्षेत्रको उच्चस्तरिय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ ।

उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरवार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकिय क्षेत्रहरुको अवलोकन गराइएको थियो ।

पर्यटकीय क्षेत्रहरुको अवलोकन पश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनिया जनताहरुमाझ भक्तपुरको प्रचारप्रसार गर्ने, चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्नेलगायत चिनिया कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दिपककुमार मल्होत्रालगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । चिनिया व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ४ : २९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत